विपक्षीको अवरोधबीच संसदबाट दुई विधेयक स्वीकृत

राष्ट्रपाटी न्युज

जेष्ठ ७, २०८३

काठमाडौं । प्रतिनिधिसभाको वैठकमा विपक्षीको विरोध र नाराबाजीबीच दुई वटा विधेयक स्वीकृत भएको छ । आजको प्रतिनिधिसभा वैठकमा विपक्षीको विरोधका वावजुद प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको बेलामा सभामुखले बहुमतको आधारमा विधेयक स्वीकृत भएको घोषणा गरेका हुन् । विधेयकमाथि कुनै सांसद छलफलमा सहभागी भएनन् । यो विधेयक प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमले पेस गरेकी थिइन् । तर विपक्षीले प्रधानमन्त्री आउनु पर्ने अडान राखेका थिए ।

बैठकले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ । वैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले विधेयकमा छलफलका लागि सांसदहरुलाई पाँच मिनेटको समय दिएका थिए । तर विपक्षी दलका सांसदहरुले यसलाई अस्वीकार गर्दै नाराबाजी गरेका हुन् ।


Published :जेष्ठ ७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media