रास्वपा तेमालको सभापतीमा प्रदिप मैनालीको उम्मेद्वारी घोषणा

राष्ट्रपाटी न्युज

जेष्ठ ७, २०८३

काभ्रे। प्रदिप मैनालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेमाल गाउँपालिकाको आगामी जेठ ९ गते हुने पालिका अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

रास्वपा तेमालका संस्थापक सचिव समेत रहेका मैनालीले सुरुवाती चरणदेखि संगठन निर्माण, युवा परिचालन तथा गाउँपालिकामा पार्टीको आधार बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

तेमाल गाउँपालिकामा हुने पहिलो पालिका अधिवेशनलाई लिएर अहिले रास्वपा वृत्तमा उत्साह बढिरहेको छ। युवा पुस्तामाझ लोकप्रिय मानिएका मैनालीले “स्वच्छ राजनीति, पारदर्शिता र जनमुखी नेतृत्व” लाई आफ्नो मुख्य एजेन्डा बनाएको बताएका छन्।

उनले तेमालको विकास, युवालाई अवसर, सुशासन र संगठन विस्तारलाई प्राथमिकतामा राखेर आफू उम्मेदवारी दिन लागेको बताएका छन्।
स्थानीय स्तरमा सक्रिय युवाहरू तथा पार्टी कार्यकर्ताहरूले मैनालीको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएको बताइएको छ। आगामी अधिवेशनले तेमाल रास्वपाको भावी नेतृत्व तय गर्ने भएकाले राजनीतिक रूपमा समेत चासोका साथ हेरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी तेमाल गाउँपालिकाको पालिका अधिवेशन जेठ ९ गते हुने तय भएको छ भने अधिवेशन तयारीलाई तीव्र बनाइएको आयोजकले जानकारी दिएको छ।


Published :जेष्ठ ७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media