स्वदेश फर्किए देउवा, विमानस्थलमा भव्य स्वागत

राष्ट्रपाटी न्युज

साउन २८, २०८३

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन्। बैंकक हुँदै बिहीबार काठमाडौँ आइपुगेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेसका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले भव्य स्वागत गरे।

स्वागतका लागि कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका उच्च नेताहरू विमानस्थल पुगेका थिए।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण हुनुका साथै उनीहरूको निवासमा आगजनी भएको थियो। उक्त घटनापछि घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए।

पछिल्लो समय गत फागुनमा थप उपचारका लागि सिंगापुर हुँदै हङकङ पुगेका उनी करिब पाँच महिनाको वैदेशिक बसाइ र उपचारपछि बिहीबार स्वदेश फर्किएका हुन्।


Published :साउन २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media