Close Menu
    आजका समाचार

    पर्यटक आगमनमा वृद्धि

    मंसिर ७ २०८३, सोमवार

    आजदेखि गण्डकी परिक्रमा महोत्सव

    मंसिर ७ २०८३, सोमवार

    माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति

    मंसिर ७ २०८३, सोमवार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • पर्यटक आगमनमा वृद्धि
    • आजदेखि गण्डकी परिक्रमा महोत्सव
    • माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति
    • प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
    • पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै
    • काभ्रेमा आजदेखि नमोबुद्ध जात्रा
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»अर्थ»विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन
    अर्थ मंसिर ७ २०८३, सोमवार

    विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ७ २०८३, सोमवारNo Comments0 Views
    Clock मंसिर ७ २०८३, सोमवार

    कञ्चनपुर । छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै पशुपछी पालन तथा कृषि उद्यममा रमाएका छन् । विदेशमा काम गरेको अनुभव र स्वदेशमै केही गर्ने अठोटका साथ उन  तीन वर्षअघि बाख्रापालनबाट व्यावसायिक रुपमा कृषि उद्यममा लागे । सुरुआतमा २५ लाख लगानीमा ८० वटा उन्नत जातका बा्रखा गाउँघरबाट सङ्कलन गरेर सुरु भएको फार्ममा अहिले ८० लाख लगानी पुगेको छ । अहिले बमले फार्ममा बाख्रा, स्थानीय जातका कुखुरा, कालिज र मौरीपालनसँगै फलफूल बगैँचा समेत स्थापना गरेर व्यवसायलाई विस्तार गरेका छन् । ‘साढे छ वर्ष कोरिया बसेर फकिएपछि गाउँमै उद्यम गर्ने सोचले बाख्रापालन सुरु गरेको थिए’, उनले भने, ‘अघिल्लो वर्षदेखी बाख्रासँगै स्थानीय जातका कुखुरा, कालिजसँगै माहुरीपालन समेत विस्तार गरेको छु ।’ भविष्यमा मिनि एग्रो टुरिज्मका रुपमा विकास गर्ने उदेश्यले काम गरिरहेको बमको भनाइ छ । उनको फार्ममा स्थानीय जातको दुई हजार कुखुरा र चार सय कालिज रहेका छन । त्यसैगरी उन्नत जातका बाख्रा र मौरी समेत रहेको उनले बताए । ‘कालिज कैलालीसम्म बिक्रि हुने गरेको छ, बजारको समस्या छैन । स्थानीय स्तरमै बिक्री हुन्छ’, बमले भने, ‘यस वर्ष ६० लाख रुपैयाँको व्यापार गर्ने लक्ष्य छ ।’ सुरुआती वर्षमा प्रतिफल थोरै आएपनि यस वर्ष सबै खर्च कटाएर रु १६ लाख मुनाफा हुने बमको अपेक्षा छ । उनको फार्ममा रु १५ हजारदेखी रु २० हजारसम्म तलबमा तीन जना कर्मचारी रहेका छन् । पशुपछी पालनसँगै एमबिएस समेत अध्ययन गर्दै आएका बमले एउटै व्यवसायमा मात्र निर्भर हुनुभन्दा विभिन्न व्यवसाय सञ्चालन गरेर आम्दानीको स्रोत बढाउन सकिने बताए । विदेशमा लामो समय बिताएपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएर उद्यम सुरु गरेका बमले मेहनत र लगनशीलता भए आफ्नै ठाउँमा पनि राम्रो आम्दानी गर्न सकिने बताए । उनले भने, ‘सरकारी निकायबाट सहयोग प्राप्त भए व्यवसायलाई अझै विस्तार गर्ने लक्ष्य छ ।’ बमले डेढ विघा जग्गा आफ्नै र १० कठ्ठा जग्गा वार्षिक १२ हजार रुपैयाँमा भाडामा लिएर काम गरिरहेका छन् । माहुरीपालनलाई पनि व्यवसायको रुपमा अघि बढाएर मह उत्पादन र बिक्रीबाट थप आम्दानी गर्ने बमको लक्ष्य छ ।  माहुरीले कृषि बालीमा परागसेचन प्रक्रियामा समेत सहयोग पुर्‍याउने भएकाले यसलाई कृषि व्यवसायसँग जोडेर उनले अघि बढाएका हुन् । बमले १० वटा घारमा माहुरी राखेका छन् । माहुरीको चरनका लागि उनले तोरीखेती गरेका छन् । ‘वर्खामा मौरीको लागि चरन नहुँदा चिनी र चास्नी बनाएर पाल्नु परेको थियो,’ उनले भने, ‘अहिले चरनकै लागि तोरी पनि लगाएका छौँ, साथसाथै फलफुल बगैचा समेत स्थापना गरिएको छ ।’ स्वदेशमै बसेर व्यवसाय गर्ने बमको प्रयासले बेरोजगार युवालाई समेत कृषि तथा पशुपछीपालन क्षेत्रमा सम्भावना खोज्न प्रेरणा दिएको छ ।  रासस
    Manoj Khatiwada

    सम्बन्धित समाचार

    आजदेखि गण्डकी परिक्रमा महोत्सव

    मंसिर ७ २०८३, सोमवार

    माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति

    मंसिर ७ २०८३, सोमवार

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    मंसिर ७ २०८३, सोमवार

    काभ्रेमा आजदेखि नमोबुद्ध जात्रा

    मंसिर ७ २०८३, सोमवार

    सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर ७ २०८३, सोमवार

    चाररातेमा पर्यटकको घुइँचो

    मंसिर ६ २०८३, आइतवार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार149

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    प्रदेश समाचार

    पर्यटक आगमनमा वृद्धि

    By Manoj Khatiwadaमंसिर ७ २०८३, सोमवार0

    गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी…

    आजदेखि गण्डकी परिक्रमा महोत्सव

    मंसिर ७ २०८३, सोमवार

    माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति

    मंसिर ७ २०८३, सोमवार

    प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

    मंसिर ७ २०८३, सोमवार

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    मंसिर ७ २०८३, सोमवार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.