Close Menu
    आजका समाचार

    पर्यटक आगमनमा वृद्धि

    मंसिर ७ २०८३, सोमवार

    आजदेखि गण्डकी परिक्रमा महोत्सव

    मंसिर ७ २०८३, सोमवार

    माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति

    मंसिर ७ २०८३, सोमवार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • पर्यटक आगमनमा वृद्धि
    • आजदेखि गण्डकी परिक्रमा महोत्सव
    • माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति
    • प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
    • पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै
    • काभ्रेमा आजदेखि नमोबुद्ध जात्रा
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»समाचार»जिल्ला समाचार»आजदेखि गण्डकी परिक्रमा महोत्सव
    जिल्ला समाचार मंसिर ७ २०८३, सोमवार

    आजदेखि गण्डकी परिक्रमा महोत्सव

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ७ २०८३, सोमवारNo Comments0 Views
    Clock मंसिर ७ २०८३, सोमवार

    दमौली (तनहुँ) । प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आजदेखि गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ ।

    त्यस क्षेत्रको धार्मिक महत्व र भौतिक विकासलाई संवद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

    नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वयमा गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको हो । देवघाटधामको पूर्ण परिक्रमा गर्ने गरी सञ्चालन हुने २६ किलोमिटर लामो पदयात्रा महोत्सवमा विगतदेखि नै व्यापक जनसहभागिता रहँदै आएको छ ।

    देवघाटधामको बेणी सङ्गमबाट सुरु हुने उक्त गण्डकी परिक्रमा यात्राअन्तर्गत तनहुँतर्फ पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पाञ्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दिर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर) को परिक्रमा गरिनेछ ।

    चितवनतर्फ देवघाट बसपार्कको सङ्कल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारयण मन्दिर, सीताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरिनाथ गौशाला बागेश्वरी मन्दिर, आपँटारी दियालो बङ्गाल चोक, गणेशस्थान, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखरा बसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ र श्रीराम मन्दिर पुल्चोकको परिक्रमा हुनेछ ।

    यस्तै, नवलपुरतर्फ गैँडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिब्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको छ । महोत्सवको पूर्वसन्ध्यामा आइतबार देवघाटमा मोटरसाइकल -याली निकालिएको थियो ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति

    मंसिर ७ २०८३, सोमवार

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    मंसिर ७ २०८३, सोमवार

    काभ्रेमा आजदेखि नमोबुद्ध जात्रा

    मंसिर ७ २०८३, सोमवार

    विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

    मंसिर ७ २०८३, सोमवार

    चाररातेमा पर्यटकको घुइँचो

    मंसिर ६ २०८३, आइतवार

    चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

    मंसिर ६ २०८३, आइतवार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार159

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    प्रदेश समाचार

    पर्यटक आगमनमा वृद्धि

    By Manoj Khatiwadaमंसिर ७ २०८३, सोमवार0

    गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी…

    आजदेखि गण्डकी परिक्रमा महोत्सव

    मंसिर ७ २०८३, सोमवार

    माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति

    मंसिर ७ २०८३, सोमवार

    प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

    मंसिर ७ २०८३, सोमवार

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    मंसिर ७ २०८३, सोमवार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.