Close Menu
    आजका समाचार

    पर्यटक आगमनमा वृद्धि

    मंसिर ७ २०८३, सोमवार

    आजदेखि गण्डकी परिक्रमा महोत्सव

    मंसिर ७ २०८३, सोमवार

    माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति

    मंसिर ७ २०८३, सोमवार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • पर्यटक आगमनमा वृद्धि
    • आजदेखि गण्डकी परिक्रमा महोत्सव
    • माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति
    • प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
    • पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै
    • काभ्रेमा आजदेखि नमोबुद्ध जात्रा
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»समाचार»जिल्ला समाचार»काभ्रेमा आजदेखि नमोबुद्ध जात्रा
    जिल्ला समाचार मंसिर ७ २०८३, सोमवार

    काभ्रेमा आजदेखि नमोबुद्ध जात्रा

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ७ २०८३, सोमवारNo Comments0 Views
    Clock मंसिर ७ २०८३, सोमवार

    बनेपा (काभ्रे) । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार महासत्त्वको त्याग र करुणाको किंवदन्तीसँग जोडिएको ऐतिहासिक नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ ।

    कात्तिक शुक्ल चतुर्दशीदेखि प्रतिपदासम्म सञ्चालन हुने जात्राको पहिलो दिन आज राति दिवङ्गत पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गर्ने परम्परा रहेको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिए । भोलि मङ्गलबार कात्तिक शुक्ल पूर्णिमाका दिन मुख्य मेला तथा विशेष पूजाआजा हुनेछ ।

    किंवदन्तीअनुसार तत्कालीन पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमार महासत्त्व एक दिन आफ्ना दाजुहरूसँग वनबिहारमा गएका थिए । गन्धमान पर्वतको जङ्गलमा पुगेका बेला उनीहरूले भोकले छटपटिएकी सुत्केरी बघिनी र उनका पाँच डमरु देखे । भोक र अशक्तताका कारण बघिनी आफ्नै डमरुलाई समेत खानुपर्ने अवस्थामा पुगेकी थिइन् ।

    बघिनी र डमरुको पीडा देखेर द्रवित भएका महासत्त्वले दाजुहरूलाई अघि पठाएर आफू त्यहीँ बसे । बघिनीले सुरुमा उनको शरीर खान नसकेपछि राजकुमारले आफ्नो शरीरमा चोट पुर्याइ रगत बगाए । त्यसपछि आफ्नो शरीरको मासु अर्पण गरी बघिनी र पाँच डमरुको प्राण बचाएको धार्मिक विश्वास छ ।

    राजकुमारको देह त्यागपछि उनका अवशेष सङ्कलन गरी सोही स्थानमा स्तूप निर्माण गरिएको किंवदन्ती छ । यही घटनासँग जोडिएर उक्त स्थान ‘नमोबुद्ध’ नामले चिनिन थालेको मानिन्छ । राजकुमारको त्याग र करुणाको स्मरणमा हरेक वर्ष जात्रा लाग्ने परम्परा छ । यस अवसरमा भक्तजनले पूजाआजा, दीप प्रज्ज्वलन तथा विभिन्न धार्मिक अनुष्ठान गर्ने गर्छन् ।

    मेला अवधिमा ५० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार दर्शनार्थीको सहजता, यातायात व्यवस्थापन, सरसफाइ तथा शान्ति सुरक्षाका लागि नगरपालिका, नमोबुद्ध गुठी र स्थानीय सुरक्षा निकायबीच समन्वय गरी आवश्यक तयारी गरिएको छ । काभ्रेपलाञ्चोकसहित काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र धादिङलगायत जिल्लाबाट हजारौँ बौद्ध धर्मावलम्बी तथा आन्तरिक पर्यटक जात्रामा सहभागी हुने अपेक्षा गरिएको छ ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    आजदेखि गण्डकी परिक्रमा महोत्सव

    मंसिर ७ २०८३, सोमवार

    माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति

    मंसिर ७ २०८३, सोमवार

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    मंसिर ७ २०८३, सोमवार

    विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

    मंसिर ७ २०८३, सोमवार

    चाररातेमा पर्यटकको घुइँचो

    मंसिर ६ २०८३, आइतवार

    चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

    मंसिर ६ २०८३, आइतवार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार158

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    प्रदेश समाचार

    पर्यटक आगमनमा वृद्धि

    By Manoj Khatiwadaमंसिर ७ २०८३, सोमवार0

    गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी…

    आजदेखि गण्डकी परिक्रमा महोत्सव

    मंसिर ७ २०८३, सोमवार

    माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति

    मंसिर ७ २०८३, सोमवार

    प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

    मंसिर ७ २०८३, सोमवार

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    मंसिर ७ २०८३, सोमवार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.