प्रतिनिधि सभा विघटन मुद्वामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

राष्ट्रपाटी न्युज

२६ जेष्ठ २०७८

काठमाडौं– प्रतिनिधि सभा विघटन मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

अन्तरिम आदेशद्वारा प्रतिनिधिसभा पुनर्स्थापना गरिदिन निवेदकले माग गरेकामा संवैधानिक इजलासले अन्तरिम आदेश जारी नगरी कारण देखाउ आदेश मात्रै जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले लिखित जवाफ पेस गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ । आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भू थापा र महादेव यादवले बहस गरेका थिए ।


Published :२६ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media