युवराज सफलद्वारा रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी

राष्ट्रपाटी न्युज

६ कार्तिक २०८१

काठमाडौँ । युवराज सफलले नेपाल सरकार, नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदहरुलाई मुलुकी अपराध संहिता ,२०७४ को दफा (५) को उपदफा (४) बमोजिम ३ बर्ष जेल सजाय र ३० हजार जरिवानाको माग गर्दै जिल्ला प्रहरी परिसरमा जाहेरी दिएका छन् ।

जाहेरीमा सफलले संसदीय छानबिन समितिले कारवाही गर्न सिफारिस गरेपछि प्रहरीले अदालतको आदेशमा गरेको कारवाहीप्रति अवरोध सिर्जना गर्न आन्दोलन गरिरहेको र कार्यकर्तालाई अनिवार्य उपस्थितिको लागि उर्दी समेत जारी गरेकोले सो कार्य मुलुकी अपराध संहिताविपरित भएको उल्लेख गरिएको छ ।

सफलले उपसभापति अर्याल, अर्का उपसभापति डा. स्वर्णिम वाग्ले, नेता विराजभक्त श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, डा।तोशिमा कार्की, हरि ढकाल, गणेश पराजुली, मनिष झासहितलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।


Published :६ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media