विचाराधीन विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न सभामुखको निर्देशन

राष्ट्रपाटी न्युज

६ कार्तिक २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले मंगलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएर उक्त निर्देशन दिएका हुन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर चासो राखेका थिए ।

समिति सभापतिहरुले संसद अधिवेशन अन्त्य भएसँग बैठक बस्न नसकेको बताएका थिए । अधिकांश सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम समेत नपुगेको उनीहरुले बताए ।

सभामुख घिमिरेले भने संसदको अधिवेशनमा समितिमा रहेका सबै विधेयक पेश गर्न निर्देशन दिएका छन् ।


Published :६ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media