पशुपति गौशाला धर्मशाला विवाद अध्ययन गर्न समिति गठन

राष्ट्रपाटी न्युज

५ कार्तिक २०८१

काठमाडौं । पशुपति गौशाला धर्मशाला विवादका विषयमा अध्ययन गर्न समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार बसेको बैठकले सहसचिव एवं संस्कृति महाशाखाका प्रमुख अध्यक्ष रहनेगरी ६ सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार समितिमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र मन्त्रालयका संस्कृति शाखा उपसचिव सदस्य रहनेछन्।

समितिले ३० दिनभित्र मन्त्रीसमक्ष प्रतिवेदन पेस गर्ने निर्णय भएको छ ।


Published :५ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media