काठमाडौँ । बूढानिलकण्ठ नगरपालिका वडा नं १२ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट शम्भु प्रसाद भट्टराई पुन दोस्रो कार्यकालका लागि सर्वसम्मत सिफारिस भएका छन्। त्यसैगरी दलित महिला सदस्यमा मिना बयलकोटी पनि पुन दोस्रो पटकका लागि सर्वसम्मत सिफारिस भएकि छन् ।
बूढानिलकण्ठ नगरपालिका वडा नं १२ कपनमा रहेको इभर साइन पार्टी प्यालेसमा भएको संगठित सदस्य भेलाले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्ष पदको उम्मेदवारमा भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
उक्त भेलामा जिल्ला कमिटी सदस्य तथा वडा नं १२ इन्चार्ज देवी रेग्मी ,जिल्ला कानुन बिभाग सदस्य उमेश कुइकेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
अघिल्लो स्थानीय निकायको निर्वाचनमा एमाले उम्मेदवार भट्टराईले १३८४ मत ल्याई विजेता बनेका थिए भने काङ्ग्रेसका होम नाथ तिमल्सिनाले १०२७ मत मात्र ल्याएका थिए। अहिले केहि मतदाताको संख्या बढेको र गत निर्बाचनमा माओबादीले ल्याएको केहि भोट एमालेमा थपिएकाले भट्टराईले पुन सजिलै जित्ने आंकलन एमालेमा हुने गरेको छ। तर उनले बिपक्षी कांग्रेसका उमेद्वार भन्दा ३५७ मत बढी ल्याएका थिए। भट्टराईले पुन जित्न एकीकृत समाजबादिको भोट तेतिकै हाराहारीमा आउनुपर्ने र त्यो सम्भावना कम रहेको एमालेका एक स्थानीय नेताको दावी छ। गठबन्धन हुने र नहुने कुराले पनि निर्वाचनको नतिजामा ठुलो असर पार्ने सजिलै अनुमान गर्न सकिन्छ।