
काठमाडौं। नेकपा एमाले काठमाडौंका नेता एबम काठमाडौं जिल्ला कमिटि सचिवालय सदस्य लक्ष्मी प्रसाद संग्रौलाको काठमाण्डौ क्षेत्र नं ४ (ख) बाट उम्मेद्वारी अझ शसक्त बन्दै गएको छ।आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट प्रदेश सभा सदस्यको लागि सिफारिसमा परेका उनको उम्मेद्वारी अझ मजबुत बन्दै गएको हो।नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ (ख) कमिटिले उनको नाम एक नम्बरमा सिफारिस गरेको थियो भने पछिल्लो समयसम्म निरन्तर दावी गरिरहेका जगत प्रसाद निरौलाले समेत आफ्नो उम्मेदवारी फिर्ता लिंदै उनलाई नै समर्थन गरेको बताएका छन्। त्यसै गरि पुर्व बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेलले समेत कपनबाट टिकट दिने भए आफ्नो समर्थन लक्ष्मी संग्रौलालाइ हुने बताएपछि उनको सम्भावना अझ बढेर गएको हो।
उनि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका इन्चार्ज समेत रहेका छन्।
२०३६ देखि २०४४ सम्म शिक्षण पेशामा सक्रिय रहेर कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका संग्रौलाले २०४५ देखि २०६१ सम्म नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) संग आबद्द भई टेक्सटायल गार्मेन्ट मजदुर युनियनको केन्द्रिय नेत्रृत्वमा सक्रिय रहेका थिए।
त्यस पश्चात भूगोलको राजनीतिमा सक्रिय रहेका उनले २०६१ साल देखि साविक कपन हाल बूढानिलकण्ठ -१० मा स्थानान्तरण भएसंगै तत्कालिन ईलाका कमिटीको सहसचिवको जिम्मेवारी बहन गरेका थिए।
२०६४ देखि क्षेत्रिय कमिटि क्षेत्र नं ४ को सदस्यका रुपमा क्रियाशील बनेका संग्रौला २०६७ सालमा भएको काठमाण्डौ क्षेत्र नं ४ को प्रथम क्षेत्रिय अधिबेसनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए।
२०५४ साल देखि निरन्तर सहकारी आन्दोलनमा समेत सक्रिय रहेका संग्रौला भृकुटी बहुउद्देश्यीय सहकारी संस्था लि.को संस्थापक सचिव, काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको संस्थापक सचिव हुदै हाल उपाध्यक्ष समेत रहेका छन।
२०७६ मा नेकपा जिल्ला कमिटि सदस्य, २०७८ माघदेखि जिल्ला कमिटि सचिवालय सदस्य र बूढानिलकण्ठ नगर ईन्चार्जको भुमिकामा रहेका संग्रौलाले कपन बहुमुखि क्याम्पसको आजिवन सदस्य, सिद्देश्वर मन्दिर संरक्षण समाजको महासचिवका रुपमा समेत योगदान पुर्याएका छन।
नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ४ प्रदेश (ख) मा संग्रौलाका अतिरिक्त उद्दव खरेल, जयराम थापा , बिदुर बिक्रम खडका ,श्रीकृष्ण श्रेष्ठ ,राजन पोख्रेल लगायतको दावी रहेको छ ।