काठमाडौं। राष्ट्रिय निजि तथा आवासिय विद्यालय सङ्गठन (एन प्याब्सन) बूढानिलकण्ठ नगर कमिटिकाे सक्रियता बढेर गएको छ। पछिल्लो समय शिक्षा क्षेत्रमा बिबिध गतिविधि संचालन गरेर यो कमिटीले रचनात्मक योगदान पुर्याइरहेको छ। यसै बीच यो कमिटिको आयाेजनामा प्राथमिक तह र माध्यमिक तहका शिक्षकहरुका लागि एक दिने गणित कार्यशाला गाेष्ठि सम्पन्न भएकाे छ।
बूढानिलकण्ठ नगर कमिटिकाे कार्यालय कपनमा भएको कार्यक्रमकाे अध्यक्षता एन प्याब्सन बूढानिलकण्ठका अध्यक्ष नारायणबाबु तिम्सिनाले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव लेखजङ्ग खत्रीले गरेका थिए।
नगर कमिटि उपाध्यक्ष राजेश्वर तिवारिले स्वागत मन्तव्य राखेको कार्यक्रममा जिल्ला एन प्याब्सन सहसचिव समीर वास्ताेला र एन प्याब्सन जिल्लाका सदस्य तथा परीक्षा प्रमुख नारायण सापकाेटाका साथै विभिन्न स्कुलका प्रिन्सपलहरूकाे उपस्थितमा रहेकाे थियाे ।
उक्त तालिममा मुख्य प्रशिक्षकको रुपमा भुमिका सागर दाहाल र कृष्ण गाेसाई रहेका थिए ।
उक्त तालिमबाट १८ वटा विद्यालयका करिब ४० जना शिक्षक/ शिक्षिकाहरू लाभान्वित भएका थिए । कार्यशालामा प्रमुख अतिथि एबम एन प्याब्सन केन्द्रीय कमिटिका महासचिव पारसमणि दाहालले कार्यशाला गाेष्ठिका उपस्थितिहरूलाई प्रमाणपत्र वितरण गर्दै महत्वपूर्ण मन्तव्य राखेका थिए ।