बालउद्वार माविमा भयो अचम्मको चुनाव !!!

राष्ट्रपाटी न्युज

२२ मंसिर २०८०

काठमाडौ । काठमाडौ जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको बहुचर्चित बाल उद्वार माध्यमिक विधालयमा बिधालय  व्यवस्थापन समिति गठन प्रक्रियाको दौरान अचम्मको घटना हुन पुगेको छ।सम्भवत विधालय व्यवस्थापन समिति गठन प्रक्रियामा एस्तो चुनावी प्रक्रिया अवलम्बन गरिएको बिरलै घटना हुनसक्छ ।आज विधालयमा भएको एक विशेष कार्यक्रमबाट अभिभावक मध्यबाट एक पुरुष र एक महिलाको निर्वाचन हुँदा धुर्व प्रसाद घिमिरे र पवित्रा राना मगर अत्याधिक मत सहित निर्वाचित भएका हुन् ।

निर्वाचित मध्यका धुर्व प्रसाद घिमिरे बिधालय व्यवस्थापन समितिका निबर्तमान अध्यक्ष पनि हुन् । यो पटक पनि वडाध्यक्ष नबराज भट्टराईको साथ पाएर उनी पुनः अध्यक्ष बन्ने करिब निश्चित जस्तै छ । ९ सदस्यीय समितिमा अझै थप ५ सदस्य वडा कार्यालयले चयन गर्नेछ भने एक शिक्षक प्रतिनिधि र प्रअ सदस्य सचीव हुनेछन् ।

आज के भयो ?

मङ्सिर २२ गते दुइ सदस्यको लागि निर्वाचन हुने भन्दै निम्तो गरिएका अभिभावक सहितको औपचारिक कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा नगर प्रवक्ता नबराज भट्टराईले मात्र मन्तव्य राखेका थिए ।त्यसपछि निर्वाचन प्रक्रिया शुरु गरिएको थियो। १ जना महिलाको लागि २ जना र १ जना पुरुषको लागि ३ जनाको अन्तिम समयसम्म दावी रहेपछि चुनावी प्रक्रिया अबलम्बन गरिएको थियो । नेपाल प्रहरीको समेत साथ  लिएर उपस्थित अभिभावकहरुलाइ हलमा राखेर मत बिभाजनको प्रक्रिया अगाडि बढाइएको थियो । सबै उम्मेदवारहरुले प्रक्रिया स्वीकार गर्दै हस्ताक्षर गरेका थिए ।

के अचम्म भयो ?

अचम्म चै के भयो भने अनौठो चुनावी प्रक्रिया अबलम्बन गरियो। पहिले पुरुष तर्फको छनौट प्रक्रिया शुरु गर्न ३ जना उम्मेदवारहरुलाई अगाडि उभ्याउन लगाइयो र समर्थन गर्नको लागि उसकै अगाडि लाइन बनाएर उभिन भनिएको थियो । ठुलो संख्यामा उपस्थित अभिभावकहरु निबर्तमान अध्यक्ष धुर्व प्रसाद घिमिरेको अगाडि लामबद्व भएका थिए । अन्य दुई उम्मेदवार सानुभाइ लामा र रमेश भुसालको अगाडि नगन्य मात्रामा अभिभावक उभिएका थिए ।त्यसैगरि २ जना महिला मध्य पवित्रा राना मगरको समर्थनमा ठूलो संख्या लाइनमा थियो भने कमला खनालको अगाडि भने थोरै संख्या मात्र थियो । त्यसैको आधारमा बिजेता घोशित गरिएको थियो ।

अघिल्लो दिननै नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादीसंग वडाध्यक्ष नबराज भट्टराईको छलफल भएर सहमति जुटेको हल्ला चलेको थियो। छ्लफल भएर कुनै निश्कर्श निस्केको थिएन र  नेपाली काङ्ग्रेसको प्रतिनिधिको रूपमा कमला खनाललाई सदस्य बनाउने सहमति बनेपनी उम्मेदवारी  मनोनयन गर्ने बेला कुनै सरसल्लाह नहुदा पवित्रा बिजेता बन्ने स्थिति बनेको वडाध्यक्ष भट्टराई निकट स्रोतले जानकारी दिएको छ।


Published :२२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media