
बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकामा आयोजित दुई दिने “तेश्रो वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला” भव्य रुपमा सम्पन्न भएको छ । उक्त मेलाको झन्डै १२ हजारले अवलोकन गरेको बताइएको छ। स्थानीय तहमा नै भविस्यको बारेमा युवा तथा बिधार्थिले बुझ्न पाउने गरि वृत्ति मार्गनिर्देशन गर्दै रोजगारका अवसरहरुको समेत खोजि गरिने भएकोले यो कार्यक्रम महत्वपूर्ण बन्न पुगेको छ।
बूढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहको बिशेष सक्रियतामा यो कार्यक्रम सम्पन्न भएको हो। नगरपालिका परिसरमै भने यो कार्यक्रम दोश्रो हो।
बूढानीलकण्ठ नगरपालिकाको आयोजना, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहआयोजना तथा स्विजरल्यण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोग एवं समन्वयमा २ दिने मेला सम्पन्न भएको हो।
नगरपालिका प्रशासनीक भवन परिसरमा २ दिनसम्म संचालन भएको मेलामा विभिन्न क्षेत्रका ४२ वटा स्टल राखिएका थिए । जसमध्य १९ वटा उद्योग र कम्पनीहरुले ३० वटा रोजगारीको अवसर प्रदान गरेका थिए । २७ जनाले उक्त रोजगारीको अवसरमा अन्तरवार्ता समेत दिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार ७५० जनाको बायोडाटा संकलन भएका छन् भने ९१५ जनाले तालिम र सिप सिक्नका लागी फारम भरेका छन् । ४,८७६ जनाले वृत्ति सेवा पाएका थिए भने प्रेरणादायी ‘गरि खाने कथा’ सत्रमा ५११ जनाले सहभागिता जनाएका थिए । मेलामा उद्योग तथा कम्पनीहरुबाट ५६,६५० रुपैयाँ बराबरको सामानहरु बिक्रि भएका छन्।
मेलाको दोश्रो दिन प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, दिगो सम्मानीत रोजगारीका लागी सिप परियोजनाका रविन्द्र सिंह, नगरपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य लगायत नगरपालिका महाशाखा/शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र नगरपालिका कर्मचारीहरुको उपस्थितिमा समापन गरिएको थियो । कार्यक्रमको अध्यक्षता सामाजिक विकास समिति सभापति शान्ता ढकाल पुडासैनीले गरेकी थीइन।
समापन कार्यक्रममा नगरपालिकामा २० वर्ष देखि उद्योग संचालन गर्दै १ सय जना भन्दा बढिलाई हाल रोजगारी दिईरहेका निम्तो शेर्पालाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा विगत लामो समय देखि सामुदायिक विद्यालयहरुमा वृत्ति विशेष कक्षा र तालिम संचालन गर्दै आएका शिक्षक शिक्षिकाहरुलाई कदर पत्र हस्तान्तरण गरिएको थियो। ।
यस्तै मेलामा सहभागी सम्पुर्ण स्टल संचालकहरुलाई उपस्थित अतिथिहरुले कदरपत्रले सम्मान गरेका थिए। ।