नगर प्रमुख अधिकारीको अध्यक्षतामा बन्यो कपन बहुमखी क्याम्पसको संचालक समिति

बूढानीलकण्ठ। नगरको नमुना शैक्षिक संस्थाका रुपमा विकास गर्नका लागि नगरपालिका मातहत ल्याइएको बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा अवस्थित कपन बहुमुखी क्याम्पसको संचालक समिति गठन भएको छ।

माघ १५ गते बसेको नगर कार्यपालिकाको बैठकले स्नातक तहमा विभिन्न विषयहरुको पठन पाठन गर्दै आएको कपन बहुमुखी क्याम्पसको संचालक समिति गठन गरेको हो।

नगर कार्यपालिका बैठकले क्याम्पस संचालक समितिको अध्यक्षमा नगर प्रमुख मिठाराम अधिकारीलाई चयन गरेको छ भने उपाध्यक्षमा उपप्रमुख अनिता लामा र कमल गौतम चयन भएका छन्।

त्यसै सो क्याम्पस संचालक समितिको सदस्यमा पुर्व उपप्रमुख रमा देवी राई , वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई , केदारराज पुडासैनी ,माधव प्रसाद आचार्य र विष्णु शर्मा चयन भएका छन् ।

सो क्याम्पस संचालक समितीको सदस्य सचिवमा क्याम्पस प्रमुख भुमिदत्त पौडेल रहेका छन् भने त्रिभुवन विश्व विद्यालयको प्रतिनिधिमा नरेन्द्र सिवाकोटी रहेका छन् । क्याम्पस संचालक समितीमा शिक्षक प्रतिनिधि छनौट हुन बाँकि रहेको छ ।


Published :माघ १५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media