
बूढानिलकण्ठ। नेसनल प्याब्सन बूढानिलकण्ठका सदस्य विद्यालयहरुले संगठनमा नै आवद्ध रहेको अर्को सदस्य विद्यालयको विद्यार्थीलाई वार्षिक परीक्षाको सक्कल रिजल्ट पेश नगरेसम्म आफ्नो विद्यालमा भर्ना लिन नपाइने निर्णय गरिएको छ । विगत लामो समय देखि विद्यालयहरुको लागि टाउको दुखाइको विषय बनेको यो गम्भीर समस्यालाई समाधान गर्न नेसनल प्याब्सन बूढानिलकण्ठले यस्तो कदम चालेको हो ।
एउटा विद्यालयमा हजारौ शुल्क भुक्तान गर्न बाकी रहदा पनि अभिभावकले आफ्नो बालबालिकालाई अर्को विद्यालयमा लगेर भर्ना गराउने जुन विकृति छ त्यसको अन्त्यको लागि नेसनल प्याब्सन बूढानिलकण्ठले यस्तो निर्णय गरेको र अब नेसनल प्याब्सनमात्र नभएर यो निर्णयमा प्याब्सन र पेटसन बूढानिलकण्ठलाई समेत एक ठाउँमा उभिन आग्रह र पहल गरिने नेसनल प्याब्सन बूढानिलकण्ठका अध्यक्ष तेन्जिङ भोटियाले जानकारी दिएका छन् ।