
बुढानीलकण्ठ । काठमाडौँको बुढानीलकण्ठ ११ कपन, खरिबोट पैयाँटारको बीचमा रहेको दीक्षालय स्कुलले विद्यालय अवलोकन (Open House) कार्यक्रम गर्ने भएको छ ।
विद्यालय परिसरमा आयोजना गरिने सो Open House कार्यक्रम भोलि अर्थात् फागुन ५ गते शनिबार गर्ने विद्यालयले जनाएको छ ।
शनिबार बिहान १०:३० देखि मध्याह्न १२ बजेसम्म सो कार्यक्रमलाई भव्य एवं सभ्य बनाउन विविध सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति रहेको जनाइएको छ । त्यसैगरी विद्यालय अवलोकन कार्यक्रमको आयोजना मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म गर्ने तयारी गरिएको छ । सो कार्यक्रममा विद्यार्थीहरुका विभिन्न प्रतिभाहरुको प्रस्तुति रहनेछ । आफ्ना नानीबाबुहरुका प्रतिभा तथा कला अभिभावकहरुले प्रत्यक्ष रुपमा अवलोकन गर्न समेत पाउनेछन् ।
कार्यक्रमको शोभा बढाउन विद्यालयले सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवीलगायतलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।
