निब्सले फाल्गुन ११ गते राष्ट्रिय गित नृत्य प्रतियोगिता आयोजना गर्ने

राष्ट्रपाटी न्युज

९ फाल्गुन २०८०

काठमाडौं। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मण्डीखाटारमा अबस्थित नेशनल आइडियल बोर्डिङ्ग स्कुल (निब्स ) ले राष्ट्रिय गित नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। यहि २०८० साल फाल्गुन ११ गते शुक्रबार बिहान ९ बजेदेखि बिधालय परिसरमा प्रतियोगिता हुन लागेको हो।

६ बर्ष पहिला देखि नै बिधालयले राष्ट्रिय नृत्य प्रतियोगिता आयोजना गर्दै आएको भएपनि कोरोना संक्रमणका कारण केहि बर्ष रोकिएको थियो।

युवा बिधार्थीहरुमा बढ्दै गएको विदेश पलायनको अबस्थामा राष्ट्रिय भावना जगाउन कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विधालयका प्रिन्सिपल डि एन महत्तोले जानकारी दिएका छन्। निब्स स्कुलले देशभर मै एक फरक एबम विशेष प्रतियोगिता आयोजना गरेको दावी गर्दै महत्तोले देश प्रतिको माया बढाउन कार्यक्रम महत्वपूर्ण हुने बताएका छन्।

बूढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारिले उद्घाटन गर्ने कार्यक्रमको समापन संस्कृति मन्त्रि सुदन किरातींले गर्ने आयोजकको योजना छ। उक्त कार्यक्रमको अबसर पारेर निब्सले हरेक बर्ष जस्तै यो बर्ष पनि २ जना जेष्ठ नागरिकलाइ सम्मान गर्ने भएको छ।

नृत्य प्रतियोगिताको मुनलाइट टेलिभिजन लगायत बिभिन्न अनलाइन मिडियाबाट प्रतक्ष्य प्रसारण गरिने छ भने बिभिन्न बिधालय बाट २५/३० वटा टिम सहभागी हुनेछन। उक्त प्रतियोगिताको निर्णय कोड नम्बरको आधारमा व्यावसायिक र अनुभवी व्यक्तिले गर्ने आयोजकले जानकारी दिएको छ।

यो प्रतियोगीता सम्बन्धि सम्पूर्ण जानकारी तल राखिएको छ।

 


Published :९ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media