
बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा अबस्थित बालउद्दार माध्यमिक बिधालयका ब्यबस्थापन समिति अध्यक्ष ध्रुब प्रसाद घिमिरे बुढानिलकण्ठ नगरपालिकाको शिक्षा समितीमा मनोनित भएका छन्।
बुढानिलकण्ठ नगर प्रमुख तथा शिक्षा समितीका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले घिमिरे सहित तिन जनालाई सदस्यमा मनोनयन गरेको हो।
बुढानिलकण्ठ नगरपालिकाको कार्यालय भवनमा आज बसेको बैठकले धुर्व प्रसाद घिमिरे,विष्णु काजीश्रेष्ठ र राजकुमार घिमिरेलाई सदस्यमा मनोनयन गरिएको हो।
सो बैठकले विद्यालय व्यवस्थापन समितिको तर्फबाट घिमीरे,सामुदायिक विद्यालयका प्रधानाध्यापकका तर्फबाट विष्णु काजी श्रेष्ठ र अभिभावककातर्फबाट राजकुमार घिमिरेलाई शिक्षा समिती सदस्यमा मनोनयन गरेको हो।