एन प्याब्सन बुढानिलकण्ठले एस ई ई मोटिभेसन एवम करियर काउन्सिलिङ गर्दै

राष्ट्रपाटी न्युज

फाल्गुन १८, २०८०

बूढानीलकण्ठ। नेसनल प्याब्सन बुढानिलकण्ठले यहि फाल्गुन २० गते आइतबारको दिन एस ई ई मोटिभेसन एवम करियर काउन्सिलिङ गर्ने भएको छ । यहि चैत्र १५ गते देखि शुरु हुने एस ई ई परीक्षाको लागि तयारी गर्दै गरेका विद्यार्थीहरुलाई केन्द्रित गरि यो कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुस्मिता मैनालीले जानकारी दिएकि छन् ।

कार्यक्रममा मोटिभेसनल स्पिकरको रुपमा ईश्वर श्रेष्ठ आउने र कार्यक्रमको मुख्य प्रायोजकको रुपमा इन्साईड भिजन कलेज रहेको नेसनल प्याब्सन बुढानिलकण्ठ नगर कमिटीको अध्यक्ष तेन्जिङ भोटियाले जानकारी दिए ।


Published :फाल्गुन १८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media