माउण्ट कैलास बोर्डिङ स्कुलको खेलकुद सप्ताह भव्य रुपमा सम्पन्न

राष्ट्रपाटी न्युज

फाल्गुन १९, २०८०

 

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को माउण्ट कैलास बोर्डिङ स्कुलको खेलकुद सप्ताह सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यता र विद्यालय संचालक समितीका अध्यक्ष राजेश्वर तिवारीको अध्यक्षतामा खेलकुद सप्ताह समापन कार्यक्रम संचालन गरिएको थियो। उक्त कार्यक्रममा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।

नेसनल प्याव्सनका केन्द्रीय सचिव विष्णु पराजुलीको विशेष आतिथ्यता र नगर समिति अध्यक्ष तेन्जिङ भोटिया सहित विभिन्न छिमेकी विद्यालयका प्रधानाध्यापकहरुको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत रहेको थिए ।

माउण्ट कैलास बोर्डिङ स्कुलकी प्रधानाध्यापक प्रतिमा पाण्डेय तिवारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा अतिथि वक्त्ताहरुले विद्यालयको योगदानका वारेमा चर्चा गरेका थिए।

सो खेलकुद सप्ताहमा फुटसल, बास्केटबल,,spoon race, needle thread race ,Badminton लगायतका प्रमुख खेलहरू समावेश गरिएको थियो।


Published :फाल्गुन १९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media