
काठमाडौं । नेसनल प्याब्सन बुढानिलकण्ठले पहिलो पटक वृहत् रुपमा एस ई ई मोटिभेसनल कार्यक्रम आयोजना गरेको छ । एस ई ई परीक्षाको लागि तयारी गरिरहेका विद्यार्थीहरुलाई केन्द्रित गरि आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका ६०० विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
ईन्साईड भिजन कलेजको मुख्य प्रायोजनमा आयोजित उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका संयोजक सुस्मिता मैनालीले राखेका थिए भने प्रशिक्षक वा सहजकर्ताको भुमिकामा चर्चित मोटिभेसनल स्पिकर ईश्वर श्रेष्ठले विद्यार्थीहरुको आत्माबल बढाउनको लागि विशेष सत्र संचालन गरेका थिए। नेसनल प्याब्सन बुढानिलकण्ठका सचिव सुदिप काफ्लेले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका शिक्षा महाशाखाका उपसचिव ललित विक्रम सिंहले नेसनल प्याब्सन बुढानिलकण्ठले देश व्यापी कार्यक्रमहरु आयोजना गरि नेसनल प्याब्सनको मात्र नभएर बुढानिलकण्ठ नगरपालिकाको नै गौरव बढाएको बताए ।
नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल,काठमाडौं जिल्ला उपाध्यक्ष मनोज अधिकारी, विनय श्रेष्ठ लगायतको उपस्थितिमा नेपाली राष्ट्रिय महिला फुटबल खेलाडीहरुलाई सम्मान समेत गरेको थियो । उक्त कार्यक्रमबाट विद्यार्थी भाईबहिनीले नयाँ उर्जा प्राप्त गरेको र अब यस्तै खाले उच्च स्तरको कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गर्ने प्रतिबद्धता सहित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको अन्त्य भएको घोषणा नेसनल प्याबसन बुढानिलकण्ठका अध्यक्ष तेन्जिङ भोटियाले गरेका छन् ।