
बुढानिलकण्ठ। महिलामा लगानि सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ ११४ औ अन्तरास्ट्रिय नारी दिवस बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ मा भव्य रुपमा मनाइएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा ,अतिथिहरुमा नगर प्रवक्ता तथा वडा नं १० का अध्यक्ष नवराज भट्टराई, कार्यपालिका सदस्य तथा सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनी, नगरपालिकाको महिला तथा बालबालिका महाशाखाकी प्रमुख पुस्पा बम सहित विभिन्न वडाका सदस्यहरु र स्थानीय महिला समुहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले स्थानीय ,प्रदेस र संघीय निर्वाचनमा महिलाले नेतृत्व लिनुपर्ने बताएकी थिइन् ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष राजु अधिकारीले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले बिभिन्न सिर्जनात्मक कार्यहरु जारि राख्ने बताउंदै सम्मानित हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका वडा नं ११ निवासी महिला व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।