
बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपन, बालुवाखानी स्थित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त स्कुल तिरुपति इङलिस बोर्डिङ हाई स्कुलको १७ औ वार्षिकोत्सब एवम अभिभावक दिवस भब्यताको साथ सम्पन्न भएको छ ।
पुर्व-उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद लिङ्देन प्रमुख अतिथि रहेको उक्त भब्य समारोहमा, बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, नगरप्रवक्ता एवम वडा नम्बर १० का वडा अध्यक्ष नवराज भट्टराई, नेसनल प्याब्सनका राष्ट्रिय महासचिव पारसमणी दाहाल, पुर्व-अध्यक्ष रितुराज सापकोटा, पुर्व अध्यक्ष कर्ण शाही , प्रदेश अध्यक्ष नारायण कार्की, जिल्ला उपाध्यक्ष नारायण बाबू तिम्सिना , राष्ट्रिय गायक लाक्पा शेर्पा, गायिका मिङ्स लामा, गायक सपन श्रेष्ठ, विभिन्न विद्यालयका प्रिन्सिपलहरु, अभिभावकहरु र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा गायिका मिङ्स लामालाई तिरुपति संगीत सम्मान २०८० र पत्रकार पुण्य पुडासैनीलाई तिरुपति पत्रकारिता सम्मान २०८० ले सम्मान गरीएको थियो । शैक्षिक सत्र २०७९ मा उत्कृष्ट नतिजाको साथ एसईई उतिर्ण भएका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको उक्त समारोहमा विद्यालयका शिक्षक, कर्माचारी एवम विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
विद्यार्थी संगै राष्ट्रिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहेको उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक/प्रिन्सिपल तेन्जिङ भोटियाले गरेको थिए ।