भोलि बुढानीलकण्ठ १२ को कार्यालय भवन शिलान्यास तथा जग पूजा हुने

राष्ट्रपाटी न्युज

फाल्गुन २७, २०८०

बुढानीलकण्ठ।बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ ले आफ्नो प्रशासनिक कार्यालय भवन शिलान्यास तथा जग पुजा कार्यक्रम आयोजना गर्ने भएको छ। यहि फाल्गुन २८ गते सोमबार बिहान ९ बजे खरिबोट नजिकै सोमनाथ मन्दिर प्रांगणमा पूजा कार्यक्रम आयोजना गरिने वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले जानकारी दिएका छन्।

उक्त कार्यक्रममा सहभागिताका लागि बिभिन्न टोल सुधार समितिहरु, महिला समूहहरु, राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यापारी वर्ग, समाजसेवी, पत्रकार लगायत सम्पूर्ण वडाबासिहरुलाई वडा कार्यालयले अनुरोध गरेको छ।


Published :फाल्गुन २७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media