
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ को कार्यालय दुर्गा मन्दिर कपनमा आज बिकास निर्माण लगायत बिभिन्न बिषयमा तात्तातो एबम गम्भीर छलफल भएको छ। बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको उपश्थितिमा भएको छलफलमा वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई लगायत चारै जना सदस्यहरुको उपस्थिति रहेको थियो। वडा भित्र रहेका बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, गोसाइकुण्ड टोलका बासिन्दाहरु तथा अन्य टोलका टोल सुधार समितिका पदाधिकारी लगायतको उपश्थिति रहेको थियो।
उक्त भेलामा भेलाको सहजकर्ताको रुपमा नेकपा एकीकृत समाजबादी वडा नम्बर १२ का अध्यक्ष रामशरण सापकोटाले भर्खरै पिच गरिएको गोसाइकुण्ड टोल सडकमा पिच सडक भत्काएर पुन ढल राख्ने कार्यले सरकारी लगानी बालुवामा पानि जस्तो हुन पुगेको बताएका थिए। उनले पहिला ढल राखेर मात्र पिच गर्नुपर्नेमा उल्टो भएको बताएका थिए। बालकुमारी टोल ईतरका हालसालै हालिएका ब्लक तथा ढललाई कहाँ व्यवस्थापन गरिएको हो भन्ने प्रश्न समेत गरेका थिए भने लक्षित बर्गको बजेट खर्चको सम्बन्धमा समेत उनले चासो राखेका थिए । त्यसै गरि उनले लामो समय देखि पिच हुन नसकेको तेन्जिङ चोकको बाटो सम्बन्धमा समेत प्रश्न उठाएका थिए।
लामो समय देखि ढलको समस्या भोग्दै आएको भन्दै गोसाइकुण्ड टोलका बासिन्दाहरुले ढल निर्माण कार्य तत्काल सम्पन्न गर्नु पर्नेमा जोड दिदै बिरोध नगर्न आग्रह गरेका थिए।
लामो समय देखि पिच हुन नसकेको तेन्जिङ चोकको बाटो पिडितहरुको चर्को प्रश्न संगै चर्काचर्कीको अबस्था सिर्जना भएको थियो।
भेलालाइ सम्बोधन गर्दै वडाध्यक्ष भट्टराईले समयको आबस्यकता र वडाबासीको चाहना बमोजिम बजेट वितरण गरिने भन्दै गोसाइकुण्ड टोलमा ढल राखेपछि तत्काल पिच गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए।
भेलामा नगर प्रमुख मिठाराम अधिकारीले समेत सम्बोधन गरेका थिए।

