
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ ले आफ्नो प्रशासनिक कार्यालय भवन शिलान्यास तथा जग पुजा कार्यक्रम सम्पन्न गरेको छ। आज फाल्गुन २८ गते सोमबार बिहान ९ बजे खरिबोट नजिकै सोमनाथ मन्दिर प्रांगणमा आयोजना गरिएको भवन शिलान्यास कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई ,सदस्यहरु शान्ता ढकाल, डिल्ली खतिवडा, मिना बयलकोटी तथा इश्वरी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल लगायतले जग पुजा कार्यक्रममा पुजा गरेका थिए।
उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु तथा सदस्यहरु, बिभिन्न टोल सुधार समितिका पदाधिकारीहरु, महिला समूहहरु, राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यापारी वर्ग, समाजसेवी, पत्रकारहरु लगायत वडाबासिहरुको उपश्थिति रहेको थियो।
२ रोपनि १३ आना जग्गामा झन्डै साढे ३ करोड लागतमा निर्माण हुन लागेको उक्त भवन साढे तीन तलाको हुने छ। निर्माण सुरु भएको १८ महिना भित्र निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीको योजना छ ।