
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ मा यहि फाल्गुन २५ गते शिवरात्री र अन्तराष्ट्रिय नारी दिवसको शुभकामना सहित बिशेष पुजा कार्यक्रम आयोजना गरिएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ स्थित राधाकृष्ण मन्दिर क्षेत्रमा आइतवारे क्षमा पुजा तथा जेष्ठ नागरिक पार्क शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो।
पुजा कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा ,बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे , प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल ,बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ का जनप्रतिनिधिहरु, अन्य वडाका वडाध्यक्ष एबम सदस्यहरु , कर्मचारीहरु , जेष्ठ नागरिक सहितका स्थानीयबासिहरुको उपश्थिति रहेको थियो।
राधाकृष्ण मन्दिर क्षेत्रमा रहेको १४ रोपनी जग्गामा जेष्ठ नागरिक पार्क निर्माण तथा मन्दिरको पुनर्निर्माणका लागि संघीय तथा स्थानीय गरि करिव तिन करोडको टेन्डर भएर काम अगाडि बढेको बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले जानकारी दिएकि छन्।