ग्राम शिक्षा स्काउट ट्रुपको तेश्रो बार्षिक उत्सब सम्पन्न

बूढानिलकण्ठ। ग्राम शिक्षा स्काउट ट्रुप/क्रुको तेश्रो बार्षिक उत्सब भव्य रुपमा सम्पन्न भएको छ। ग्राम शिक्षा माबि बूढानिलकण्ठ ११ कपनमा आयोजित कार्यक्रम रुभर लिडर राजकुमार खड्काको सभाध्यक्षता तथा स्थानिय नगर स्काउट प्रमुख तथा बूढानिलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बुढानिलकण्ठ ११ वडाध्यक्ष तथा स्काउट मास्टर राजु अधिकारी विशिष्ट अतिथी रहेको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगर स्काउट प्रमुख आयुक्त गंगालाल महर्जन, ग्राम शिक्षा माबि प्रअ रुद्र कोइराला,बुढानिलकण्ठ नगर स्काउटका परिषद सदस्यहरु र विभिन्न स्काउट ट्रुप र क्रुका मास्टरहरु समेतको उपस्थिति रहेको थियो।

बुढानिलकण्ठ नगर स्काउटका परिषद सदस्यहरु र विभिन्न स्काउट ट्रुप र क्रुका मास्टरहरु समेतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका सामाजिक व्यक्तित्व र स्काउटरहरूलाई सम्मान गरिएको थियो।

अंगुर पौडेलले संचालन गरेको उक्त कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले आफ्नो मन्तव्य राखेका थिए।

आफ्नो शुभकामना मन्तब्य राख्दै ग्राम शिक्षा माबिका प्रअ रुद्र कोइरालाले स्काउटले ग्राम शिक्षा माबिको नाम उचो बनाएको बताउदै सबै स्कुलमा स्काउट अनिबार्य गरे अनुशासन कायम राख्न सहज हुने विचार राखेका थिए।

बुढानिलकण्ठ ११ वडाध्यक्ष तथा स्काउट मास्टर राजु अधिकारीले बिपदको समयमा गरेको सानो सहयोगले ठूलो गुण रहने भन्दै जाजरकोट बासिन्दाले धेरै श्रद्वा र माया देखाएको बताएका थिए। स्काउटले पनि मायालाई सद्भाव र सहयोगमा परिबर्तन गर्न सफल रहेको बताउंदै बुढानिलकण्ठ अरु भन्दा फरक नगरपालिका हो भनेर चिनाउन सफल भएको दावी गरेका थिए।

स्थानिय नगर स्काउट प्रमुख तथा बूढानिलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामाले स्काउटले गरेका कामको मुल्यांकन उच्च रहेको बताउंदै स्काउटलाई कुनै पनि कुराको अभाब हुन नदिईने र नगरपालिका भित्रका सामुदायिक स्कुलमा यसको बिस्तार गरिने बताएकी थिइन्।

 


Published :५ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media