“याेगदान राष्ट्रको लागि ” बुढानिलकण्ठ नगरसमितिको सचिवमा प्रदिप मैनाली

राष्ट्रपाटी न्युज

चैत्र ८, २०८०

काठमाडौं। हजारौं सदस्य रहेको ‘ योगदान राष्ट्रको लागि ‘ नामक गैर सरकारी संस्थाको बुढानिलकण्ठ नगरपालिका स्तरीय कार्य समिति गठन गरिएको छ ।

काठमाडौंमा भएको भेलाबाट शिव बुढाथोकीको अध्यक्षतामा कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा प्रेमबहादुर कार्की, सचिवमा प्रदिप मैनाली, कोषाध्यक्षमा बिमल पोखरेल चयन भएका छन्। सदस्यहरु पछि थप गरिने समितिका अध्यक्ष बुढाथोकीले बताएका छन्।

योगदान राष्ट्रका लागि केन्द्रीय समितिका उपाध्यक्ष दीर्घराज भट्टराई, सचिव विष्णुमणी भण्डारी र केन्द्रीय सदस्य तथा प्रवक्ता हिरण्यराज उप्रेतिको उपस्थितिमा समिति गठन गरिएको हो ।


Published :चैत्र ८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media