उपसचिव पदका लागि मतदान प्रक्रियामा जान तयार छु।-रविन्द्र थापा (रवी)

राष्ट्रपाटी न्युज

चैत्र ८, २०८०

काठमाडौं। नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेशन यहि चैत्र १६ र १७ गते हुदैछ। अधिवेशन नजिकिदै गर्दा १० गते गर्ने भनिएको प्रतिनिधि चयन प्रक्रिया १२ गते हुने भएको छ।

यसै क्रममा उक्त अधिवेशनमा रविन्द्र थापा (रवी) ले उपसचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। अधिवेशनमा आफूलाई सर्बसम्मत रुपमा उक्त पदमा चयन नगरीए चुनावी प्रक्रियामा समेत जाने तयारि गरेको बताएका छन्।

थापा दुई कार्यकाल नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ को सदस्य रहेका थिए। साविक महाँकाल गाविसमा प्ररायुसंघको संस्थापक अध्यक्ष समेत रहेका थापा २०५४ शालको स्थानीय निकायको निर्वाचनमा वडा नं ६ को सदस्यमा निर्वाचित भएका थिए।

बुढानिलकण्ठ नगरपालिकामा बिभिन्न पार्क निर्माणमा योगदान पुर्याएका थापा करिव १३ सय घरधुरीलाई खानेपानी उपलव्ध गराउने अभियानमा रहेका छन् ।

यसै क्रममा नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेशनमा यस अघि राजेन्द्र श्रेष्ठले उपसचिव पदमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्।


Published :चैत्र ८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media