नेकपा एमाले बुढानिलकण्ठको उपाध्यक्षमा बिक्रम केसीको दावी

राष्ट्रपाटी न्युज

चैत्र १२, २०८०

काठमाडौं। नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेशन यहि चैत्र १६ र १७ गते हुदैछ। अधिवेशन नजिकिदै गर्दा प्रतिनिधि चयन प्रक्रिया समेत टुंगिन लागेको छ ।

यसै क्रममा उक्त अधिवेशनमा बिक्रम केसीले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

केसी तत्कालिन अबस्थामा नेकपा एमाले कपन गाउँ कमिटिको उपाध्यक्षको रुपमा भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् भने नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मंचको कोषाध्यक्षको रुपमा समेत जिम्मेबारी पुरा गरिसकेका छन्। हाल उनि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटिका सचिवालय सदस्य पनि हुन्।

पार्टि गुट ,फुट र विभाजनको चरम उत्कर्षमा रहेको वेला समेत पार्टीलाई शसक्त र जनप्रिय बनाउन आफूले योगदान पुर्याएको भन्दै आफ्नो दावेदारी स्वाभाविक भएको उनको भनाइ छ।


Published :चैत्र १२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media