एमाले बुढानिलकण्ठको सचिवमा दिल कुमारी बिकले उम्मेद्वारी दिने

राष्ट्रपाटी न्युज

चैत्र १४, २०८०

काठमाडौं। नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेशन यहि चैत्र १६ र १७ गते हुदैछ। अधिवेशन नजिकिदै गर्दा प्रतिनिधि चयन प्रक्रिया समेत टुंगिन लागेको छ ।

यसै क्रममा उक्त अधिवेशनमा दिल कुमारी बिकले सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छन्।

२०५७ साल देखि नेकपा एमालेमा सक्रिय रहेकी उनि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कि वडा सदस्य हुन्। यस अघिको कार्यकाल पनि निर्वाचित वडा सदस्यको रुपमा उनले काम गरेको अनुभव छ ।

हाल नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीकी सचिवालय सदस्य रहेकी उनि मुक्ति समाज बुढानिलकण्ठको संयोजकको रुपमा भूमिका निर्वाह गरिसकेकी छन् भने हाल उनि मुक्ति समाज बागमती प्रदेश कमिटि सदस्य पनि हुन्।

समग्र महिला तथा दलित आन्दोलनलाइ अझ सशक्त बनाउदै नेकपा एमालेलाई नगरमा अझ प्रभावशाली पार्टी बनाउने योजना सहित सचिव पदमा आफ्नो उम्मेदवारी दिने उनले घोषणा गरेकी छन्।

 


Published :चैत्र १४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media