एमाले बुढानिलकण्ठको अध्यक्षमा श्री कृष्ण श्रेष्ठले उम्मेद्वारी दिने

राष्ट्रपाटी न्युज

चैत्र १६, २०८०

काठमाडौं। नेकपा एमाले बुढानिलकण्ठको नगर अधिवेशनको बन्द सत्र भोलि चैत १७ गते हुँदैछ। दर्जनौं नेता तथा कार्यकर्ताहरुले बिभिन्न पदहरुमा दावी गरिरहेका छन्।

अध्यक्षमा विभिन्न चर्चा परिचार्चाका विच नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिव श्री कृष्ण श्रेष्ठले नगर कमिटीको अध्यक्षमा उम्मेद्वारी दिने योजना बनाएका छन्। नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सदस्य एबम श्रेष्ठ निकट आशिष श्रेष्ठले श्री कृष्ण श्रेष्ठको नेतृत्वमा सहमतिमा कमिटि बन्ने दावी गरेका छन्।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का पुर्व वडाध्यक्ष रहेका श्रेष्ठ लामो समय सम्म नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। उनि नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ का पुर्व सहसचिव हुन् ।

उनि वडाध्यक्ष हुँदा चुनिखेलको बिकासले फड्को मारेको र आधुनिक चुनिखेल निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको देख्न सकिन्छ।

नम्र स्वाभावका धनि श्रेष्ठले अब पछाडी नहट्ने समेत बताएका छन्।

 


Published :चैत्र १६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media