
काठमाडौं। नेकपा एमाले बुढानिलकण्ठको नगर अधिवेशनको खुला सत्र भब्य रुपमा सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपन ह्यान्डबल मैदानमा भएको सभामा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एबम प्रमुख अतिथि इश्वर पोख्रेलले आफ्नो मन्तव्य राखेका थिए। त्यसैगरी नेकपा एमालेका स्थायी कमिटि सदस्य एबम विदेश मामिला प्रमुख डा राजन भट्टराई, नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एबम बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारि ,बागमती प्रदेश कमिटि सदस्य एबम नगर इन्चार्ज रमा राइ ,नेकपा एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले मन्तव्य राखेका थिए। कमिटिका उपाध्यक्ष शम्भु प्रसाद भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेकपा एमाले बुढानिलकण्ठ १० का अध्यक्ष शम्भु पौडेलले कविताद्वारा स्वागत गरेका थिए।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटि अध्यक्ष प्रदिप डंगोलको मन्तव्य सहित अध्यक्षतामा भएको कार्यक्रमको संचालन कमिटिका सचिव श्री कृष्ण श्रेष्ठले गरेका थिए।
कार्यक्रममा बिभिन्न आकर्षक सांस्कृतिक प्रस्तुति सहित राष्ट्रिय कलाकारहरुले कला प्रस्तुत गरेका थिए।
नेकपा एमाले बुढानिलकण्ठको नगर अधिवेशनको बन्द सत्र भोलि चैत्र १७ गते बूढानिलकण्ठ ८ स्थित सुकुन्दा पार्टी प्यालेसमा हुँदैछ।