स्थगित भएको एमाले बुढानिलकण्ठको अधिवेशनमा के के भयो !?

राष्ट्रपाटी न्युज

चैत्र १८, २०८०

काठमाडौं । नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको दोश्रो नगर अधिवेसनको बन्द सत्र स्थगित भएको छ। चैत १६ गते खुला सत्र सम्पन्न गरि चैत १७ गते बूढानिलकण्ठ ८ स्थित सुकुन्दा पार्टी प्यालेसमा भएको बन्द सत्र कार्यक्रम आगामी २० गते २ बजे सम्मका लागि स्थगित गरिएको हो।

बिहान ११ बजे पछि शुरु गरिएको बन्द सत्र कार्यक्रममा अध्यक्ष मण्डल र निर्वाचन मण्डल घोषणा संगै राजनीतिक प्रतिवेदन,सांगठानिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो। सबै प्रतिवेदनहरु उपर वडा अनुसार समुह बिभाजन गरि छलफल गरिएको थियो। प्रत्यक समुहबाट टोलि नेता चयन गरि राय सुझाव पेश गर्ने समय उपलब्ध गराई अधिवेशनमा सिर्जनात्मक शुरुवात गरिएको थियो। हलमा उठेका बिषयमा सम्बन्धित प्रतिवेदन प्रस्तुतकर्ताहरु अध्यक्ष प्रदिप डंगोल, सचिव श्री कृष्ण श्रेष्ठ तथा उपसचिव सुनिता गुरुङले जवाफ दिंदै संसोधन सहित प्रतिवेदनहरु आउने घोषणा गरेका थिए।

बन्द सत्र हलमा उपस्थित प्रतिनिधि, पर्यबेक्षक तथा स्वयंसेवकहरु गरि करिव २०० जनालाई पुर्व मेयर एबम नेकपा एमाले बागमती प्रदेश सदस्य उद्दव खरेल तथा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष दीपक निरौलाले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए।

मनोनयन प्रक्रिया शुरु भएपछी नगर कमिटीमा रहने पदाधिकारीहरु अन्तर्गत अध्यक्षमा ३ ,उपाध्यक्षमा ४ ,सचिवमा ३ र महिला उपसचिवमा २ र खुल्ला उपसचिवमा आधा दर्जन उम्मेदवारी परेको थियो। त्यसपछि मध्यराती नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष दीपक निरौलाको नेतृत्वमा सहमतिको व्यापक प्रयास भएको थियो। सहमतिको प्रयास स्वरुप सबै पदाधिकारी दावेदारहरुले नेतृत्वको निर्णय स्वीकार गर्ने भन्दै उम्मेद्वारी फिर्ताको पत्रमा हस्ताक्षर समेत गरेका थिए। त्यसपछि पनि सहमति हुन नसकेपछि अधिवेशन आगामी २० गते २ बजे सम्मका लागि स्थगित गरिएको जानकारी दिइएको थियो।

श्रोतका अनुसार नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष दीपक निरौलाले सहमतिको नाममा आन्तरिक लोकतान्त्रिक प्रतिष्पर्धाको अधिकार कुण्ठित गरेको भन्दै केहि उम्मेदवारहरुले गुनासो गरेको भएपनि हलमा भने कसैले औपचारिक रुपमा आवाज उठाउन नसकेको बताइएको छ।

पदाधिकारी बाहेक अन्य पदमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन टुंगिएको अध्यक्ष मण्डलले जानकारी दिएको छ।


Published :चैत्र १८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media