
काठमाडौं । नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ। फागुन १६ गते कपनह्यान्डबल मैदानमा खुला सत्र सम्पन्न गरि १७ गते रातिसम्म संचालन भएर स्थगित भएको अधिवेशन २० गते सर्बसम्मत नतृत्व चयन गर्दै टुंगिएको हो।अधिवेशनले पाँचै जना पुरानै पदाधिकारीहरुलाई निरन्तरता दिएको छ भने सदस्यहरु भने धेरै नयाँ प्रवेश गरेका छन्।
उक्त अधिवेशनबाट अध्यक्षमा प्रदिप डंगोल,उपाध्यक्षमा शम्भु प्रसाद भट्टराई, सचिवमा श्रीकृष्ण श्रेष्ठ, उपसचिवमा धोर्जे तामाङ र सुनिता गुरुङ चयन भएका छन् ।
त्यसै गरि लेखा समिति संयोजकमा रुपेश भट्टराई निर्वाचित भएका छन् ।
नगर कमिटि र लेखा समिति गरि झन्डै ७५ सदस्यीय कमिटि बनेको आयोजकले जानकारी दिएको छ।