
काठमाडौं । राजनीति प्रति युवाहरुको आकर्षण घट्दै गएको बेला नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेशनबाट केहि आशा लाग्दा युवाहरु नेतृत्वमा निर्वाचित भएका छन्। त्यसमध्ये नगर कमिटि कै कान्छी सदस्यको रुपमा निर्वाचित भएकी छन् – आश्विनी पौडेल। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ कि स्थायी बासिन्दा उनि जम्मा २० बर्ष कि भइन् । उनि नोबेल कलेज अफ हेल्थ साइन्समा पब्लिक हेल्थ बिषयमा अध्ययनरत छिन्।
पौडेल बूढानिलकण्ठ युवा परिषदकि सदस्य हुन्।
युवाहरुमा विदेश जाने र पलायन हुने माहोल बनिरहेको एस्तो अबस्थामा उनको भने छुट्टै दृष्टिकोण छ। उनि विदेश नजाने र नेपालमै केहि गर्ने योजनामा छिन्। युवाहरुको राजनीति प्रति बितृष्णा बढिरहेको बेला उनि भने राजनीतिमा स्थापित हुने सोचमा छिन्।
राष्ट्रपाटिसंग कुरा गर्दै उनले आफू अब राजनीतिमा होमिएको र भविष्यमा बूढानिलकण्ठ नगरपालिकाको मेयर बन्ने सपना रहेको बताएकी छन्।
नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेशनबाट अध्यक्षमा प्रदिप डंगोल,उपाध्यक्षमा शम्भु प्रसाद भट्टराई, सचिवमा श्रीकृष्ण श्रेष्ठ, उपसचिवमा धोर्जे तामाङ र सुनिता गुरुङ चयन भएका छन् ।
त्यसै गरि लेखा समिति संयोजकमा रुपेश भट्टराई निर्वाचित भएका छन् ।
नगर कमिटि र लेखा समिति गरि झन्डै ७५ सदस्यीय कमिटि बनेको आयोजकले जानकारी दिएको छ।