
काठमाडौं। नेपाली कांग्रेसले बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालको उद्घाटन कार्यक्रम बहिस्कार गरेको जनाएको छ। भव्य रुपमा आयोजना गरिएको नगर अस्पतालको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु अनुपश्थित थिए भने निमन्त्रणा गरिएका नेपाली कांग्रेस बुढानीलकण्ठका सभापति राजाराम बुढाथोकी पनि उपश्थित थिएनन।
राष्ट्रपाटि संग कुरा गर्दै बुढाथोकीले काठमाडौं क्षेत्र नम्बर ४ का माननीय गगन कुमार थापा र काठमाडौं क्षेत्र नम्बर ५ का माननीय प्रदिप पौडेललाइ अपमानजनक ढंगले निमन्त्रणा गरेको आरोप लगाएका छन्। प्रदेश साम्सदहरुलाई विशिष्ट अतिथिको रुपमा कार्यक्रममा निम्ता गरिएपनि संघीय माननीयहरुलाई भने कुनै अतिथि समेत उल्लेख नगरी निमन्त्रणा मात्र गरिएकोले अपमान महसुस भएको बताएका छन्। त्यसैले आफूहरुले कार्यक्रम औपचारिक रुपमा नै बहिष्कार गरेको उनको भनाइ छ।
पुर्व प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष के.पि. शर्मा ओलिले उद्घाटन गर्ने कार्यक्रम प्रति कुनै गुनासो नभएपनि नेपाली कांग्रेसका महामन्त्री एबम साम्सद गगन थापालाई अपमानजनक निमन्त्रणा भएकोले एस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ।

आजै बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालको उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। आज एक बिशेष समारोहका बीच पुर्व प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष के.पि. शर्मा ओलिले बुढानीलकण्ठ नगरपालिका नगर अस्पतालको रिवन काटेर उद्घाटन गरेका हुन्। नयाँ बर्षको अबसर पारेर शुभकामना आदान प्रदान सहितको भव्य उद्घाटन समारोह बूढानिलकण्ठ १० बालुवाखानी, डिट्टाचौर, कपनमा गरिएको हो। त्यस अबसरमा नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले १ हजार तिरेर अस्पतालको सेवा समेत लिएका छन् । नवनिर्मित अस्पताल भ्रमण गरेका पुर्व प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच डा. भगवान कोइरालाले गरेका थिए ।
बुढानिलकण्ठ नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको सो नगर अस्पताल उद्घाटन संगै स्वास्थ्य विमा कार्यक्रम पनि शुरु गरिएको छ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्रि , प्रदेश साम्सद जयराम थापा , पुर्व मेयर उद्द्व्व खरेल , बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन बूढानिलकण्ठ १० का वडाध्यक्ष एबम नगर प्रवक्ता नबराज भट्टराईले गरेका थिए।
हाल ओपिडी सेवा प्रदान गरिएको सो नगर अस्पतालमा १५ सैया रहने छ भने अन्य बिभिन्न स्वास्थ्य सेवाहरु समेत प्रदान गरिने छ।