बुढानिलकण्ठमा सार्वजनिक जग्गा संरक्षण समिती बन्यो

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकामा रहेका सार्वजनिक जग्गाहरुको अभिलेखीकरण,पहिचान र संरक्षणका लागि समिती गठन गरिएको छ। चैत ३० गते बसेको नगर कार्यपालिकाको बैठकले सो समिती गठन गरेको हो ।

सो समितीको संयोजकमा बुढानीलकण्ठ नगरपालिका वडा नं १० का लक्ष्मी संग्रौला चयन भएका छन् भने नगरका विभिन्न वडाहरुबाट सदस्य मनोनित भएका छन् ।

उक्त समितीको सदस्यहरुमा सुरेन्द्र लामा,निशा बराल,मंगलदास महर्जन,गोविन्द कटवाल ,छन्द प्रसाद आचार्य,तारा मिझार ,मैना पराजुली,धनराज कोइराला र बिकाश खत्री रहका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ उपदफा (१) बमोजिम नगरपालिकाले आफ्नो क्षेत्रभित्रको सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने प्रावधान रहेको हुनाले सोही सन्दर्भमा यस नगरपालिका क्षेत्र भित्र सरकारी, सामुदायिक तथा सार्वजनिक स्वामित्वमा रहेका भवन, पार्क, उद्यान, चौतारो, बगैंचा, मठ मन्दिर, गुम्बा लगायतका धार्मिक स्थल, क्रियापुत्री भवन, पाटी, पौवा वा अन्य संरचनाको विवरण तपसिल बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयमा १० (दश) दिनभित्रमा उपलब्ध गराउन समेत नगरपालिकाले अनुरोध गरेको छ ।


Published :३ बैशाख २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media