बूढानिलकण्ठमा प्रमुख प्रशासकीय अधिकृतले बनाए रेकर्ड

राष्ट्रपाटी न्युज

१२ बैशाख २०८१

काठमाडौं । बूढानिलकण्ठ नगरपालिकामा लामो समयसम्म जिम्बेवारिमा रहेर काम गर्ने प्रमुख प्रशासकीय अधिकृतहरु कमै छन् । हाल सम्म धेरै जसो प्रमुख प्रशासकीय अधिकृतहरु १ बर्ष भन्दा कम टिक्ने गरेका छन्।

तत्कालिन अबस्थामा जननिर्वाचित प्रतिनिधि नहुँदा विश्वराज मरासिनीले झन्डै डेढ बर्ष कार्यकारी अधिकृतको रुपमा कार्यकाल बिताएका थिए भने २०७८ सम्म सबैजसो अन्य अधिकृतहरुले १ बर्ष भन्दा कम कार्यकाल बिताएको रेकर्ड छ।

यस अघिका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले १५ महिना कार्यकाल बिताएर रेकर्ड कायम गरेका थिए।

हालका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले पनि गत चैत्र २२ गते १ बर्ष कार्यकाल पुर्याएर लामो समय काम गर्ने अधिकृतको रुपमा आफूलाई उभ्याउन सफल भएका छन्। शालीन व्याक्तिका रुपमा छवि बनाएका उनको अवधि कति समय सम्म जाने हो त्यो भने हेर्न बाँकी नै छ।


Published :१२ बैशाख २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media