
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटि सदस्य एबम परराष्ट्र मामिला बिभाग प्रमुख डा राजन भट्टराईले नेकपा एमालेकै कतिपय जिम्बेवार नेता तथा कार्यकर्ताहरुको आर्थिक चलखेल एबम कांग्रेस संग सांठगांठ गरेका कारण चुनाव हार्नु परेको बताएका छन्। राष्ट्रपाटि डट कमको बिशेष कार्यक्रम बूढानिलकण्ठ बहसमा कुराकानी गर्दै भट्टराईले अन्तर्घात गर्ने, स्थानीय निर्वाचनमा आएको भोटलाई संघीय चुनावमा पनि ल्याउन सबै एक भएर गम्भीर रुपमा नलाग्ने , आर्थिक चलखेलमा लाग्ने जस्ता गम्भीर कुराहरुको रिपोर्ट आइरहेको बताएका छन्।
२०७४ को निर्वाचनमा बिबेकशिल साझा पार्टीले ६,९६० भोट समानुपातिकमा ल्याएको तर षडयन्त्रपूर्ण ढंगबाट तत्कालिन उम्मेदवारले भने ३०४० मात्र भोट ल्याएको र अन्य भोट योजनाबद्व रुपमा गगन थापालाई हाल्न लगाइएको दावी गरेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा झन्डै ९ हजार भोट ल्याएको तर उसको उम्मेदवारलाइ आर्थिक लगायत बिभिन्न षडयन्त्र गरेर फिर्ता लिन लगाइएको भन्दै गम्भीर आपत्ति व्यक्त गरेका छन्।
डा राजन भट्टराई संगको पूर्ण अन्तर्वार्ता तलको लिंकमा हेर्न सकिने छ।