बुढानीलकण्ठ -६ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ ले आर्थिक वर्ष २०७९/८० र ०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वडाबाट सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयहरुमा सरोकारवाला एवं नगरवासीहरुको जिज्ञासा, प्रतिक्रिया तथा सुझाव लिनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

यहि २०८० जेठ ५ गते बिहान ७ बजे देखी न्यु भिजन क्लव परिसरमा कार्यक्रम सम्पन्न भएको वडाध्यक्ष रवी खड्काले जानकारी दिएका छन्।

उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ क्षेत्रभित्र क्रियाशील उपभोक्ता समिति, क्लब, गैरसरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्तिहरु, दलित, जेष्ठ नागरिक, पिछडिएका वर्ग , पत्रकार लगायत सरोकारवाला आम नागरिकको उपश्थिति रहेको थियो। त्यसैगरी बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख, उपप्रमुख, विभिन्न वडाका वडा अध्यक्षहरु, पुर्व वडाध्यक्ष लगाएत पुर्व जनप्रतिनिधिहरु समेत उपश्थिति रहेको थियो।

पछिल्लो समय वडा नम्बर ६ बिकास निर्माणका अतिरिक्त बजेट कार्यान्यवनमा सफल र अब्बल वडा मानिएको छ।


Published :६ जेष्ठ २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media