सार्बजनिक जग्गा संरक्षण गर्दा तनाब खेपे जनप्रतिनिधिहरुले !! अबको बाटो के ?

राष्ट्रपाटी न्युज

१८ जेष्ठ २०८१

काठमाडौं। बूढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख, वडाध्यक्षहरु तथा सदस्यले वडा नम्बर १० डिट्ठा चौरमा रहेको पशुपति गुठि अन्तर्गतको २२ आना जग्गाका कारण झमेला र तनाब बेहोर्नु परेको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नगर अस्पताल अगाडी रहेको तत्कालिन कोरोना प्रकोप अबधिमा क्वारेन्टाइन भवन निर्माण गरिएको जग्गाको विषय अदालत पुगेर जेष्ठ ११ गते भएको जिल्ला अदालत काठमाडौंको फैसलाले सो समस्या सृजना गरेको हो।

बुढानिलकण्ठ नगरपालिकाकै गौरवको योजनाको रुपमा रहेको नगर अस्पताल गत बैशाख १ गते पुर्व प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले भव्य रुपमा उद्घाटन गरेका थिए। यस अस्पताललाई आगामी नगरपालिकाको बजेटबाट अझ प्रभावकारी तथा धेरै सेवा दिने अस्पतालको रुपमा बिकास गर्ने योजना नगर प्रमुख मिठाराम अधिकारीले राष्ट्रपाटि डट कमको कार्यक्रम बूढानिलकण्ठ बहसमा जानकारी दिएका थिए। त्यसको केहि दिनमै आएको यो फैसलाले अन्यौलता सिर्जना गरेको छ।

यो फैसला पछि बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुको अबको बाटो के हुने भन्ने महत्वपूर्ण प्रश्न उठेको छ। खासगरी कानुनी रुपमा अदालतको फैसलालाई सम्मान गर्दै माथिल्लो अदालतमा पुनरावेदन गर्ने बिषय एउटा महत्वपूर्ण बिषय हो। कानुनविदका अनुसार माथिल्लो अदालतबाट अन्तरिम आदेशको माग गर्ने र अन्य कानुनि आधार र तर्कहरु पेश गर्ने कानुनी लडाई एउटा महत्वपूर्ण बाटो हुनसक्छ।

कानुनबिदका अनुसार अर्को बिषय हो- जिल्ला अदालतको जेठ ११ को फैशला कार्यान्वयन। ६० दिन भित्र जग्गा हस्तान्तरण गरि प्रतिवेदन पेश गर्ने जिल्ला अदालतको आदेश अनुसार अगाडी बढ्ने।

यस अघि जेठ ११ गते भएको जिल्ला अदालत काठमाडौको फैसलामा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,वडा नं १० का अध्यक्ष नवराज भट्टराई, वडा नं ८ का अध्यक्ष सुमन तामाङ र वडा सदस्य चन्द्रमान श्रेष्ठलाई वादीको माग बमोजिम ६० दिन भित्र नगरपालिकाले निर्माण गरेको संरचना हटाई जानकारी गराउन या १ महिना कैद गर्न भनिएको थियो।

लामो समयदेखी सार्वजनिक जग्गाका रुपमा रहेको साविक कपन डिठ्ठाचौरको करिव २२ आना जग्गा सोधभर्ना दिने नेपाल सरकारको निर्णय र अदालतको आदेस बमोजिम जग्गा नपाएको भन्दै चन्द्र बहादुर थापाले अदालतमा मुद्दा दायर गरेका थिए।

 


Published :१८ जेष्ठ २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media