नेपाली कांग्रेस बुढानिलकण्ठको संयोजनमा बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना

राष्ट्रपाटी न्युज

असार १४, २०८१

बूढानिलकण्ठ। नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिको संयोजनमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ यज्ञमति स्कुलमा बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। काठमाडौं मेडिकल कलेज सिनामंगलको सहकार्य तथा पैयाटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा संचालन भएको उक्त स्वास्थ्य शिविरबाट ४३६ जना नागरिकले लाभ लिएको नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिका सभापति राजाराम बुढाथोकीले जानकारी दिएका छन्।

यहि असार १४ गते शुक्रबार बिहान ९ बजे देखि ३ बजे सम्म संचालन गरिएको उक्त स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न भएको सभापति बुढाथोकीको भनाइ छ।


Published :असार १४, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media