सुगम वेलफेयर सोसाइटीले निबन्ध प्रतियोगिता आयोजना गर्ने

राष्ट्रपाटी न्युज

साउन २५, २०८१

काठमाडौं । सुगम वेलफेयर सोसाइटीले यहि भाद्र ५ गते निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ। दश बर्ष पछिको मेरो गाउँ शिर्षकमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११,१३ र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ क्षेत्रका बिधार्थीहरुलाई लक्षित गरि प्रतियोगिता आयोजना गरिएको सुगम वेलफेयर सोसाइटीका अध्यक्ष अंगुर पौडेलले जानकारी दिएका छन्।

यहि भाद्र ५ गते बिहान ७ बजे ब्याडमिन्टन चौर जगडोलमा आयोजना हुने कार्यक्रममा सहभागी हुन यहि साउन २५ गते भित्र निबन्ध बुझाइसक्नु पर्ने आयोजकले जानकारी दिएको छ।

उक्त प्रतियोगितामा प्रथम,द्वितीय एबम तृतीय हुने प्रतियोगी बिधार्थिहरुलाइ क्रमश पाँच हजार ,तिन हजार तथा दुइ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष अंगुर पौडेलले जानकारी दिएका छन्।


Published :साउन २५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media