अस्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिका महिला टी-२० विश्वकपको फाइनलमा

राष्ट्रपाटी न्युज

२ कार्तिक २०८१

यूएई । दक्षिण अफ्रिका लगातार महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार दुबईमा भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो।

अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १८ औं ओभरमा दोस्रो बलमा पुरा गरेको हो ।

दक्षिण अफ्रिकाले उपाधिका लागि न्युजिल्यान्ड र वेस्ट इन्डिजबिचको विजेतासँग खेल्ने छ । गत संस्करणमा पनि फाइनलमा प्रवेश गरेको दक्षिण अफ्रिका अस्ट्रेलियासँग नै पराजित भएर उपाधि विमुख भएको थियो ।


Published :२ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media