एमालेले भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने

राष्ट्रपाटी न्युज

४ कार्तिक २०८१

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरित अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमालेले जनाएको छ ।

एमालेका अनुसार पार्टीको आधिकारीक धारणा विपरित सार्बजनिक रुपमा बोल्दै आएका पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

मिनबहादुर गुरुङले दिएको जग्गाका सन्दर्भमा पाण्डे र तिमल्सिनाले सार्वजनिक रुपमै असहमति जनाउँदै आएका छन् ।


Published :४ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media