बुढानिलकण्ठ। मातृ छहारी समुहको आयोजना तथा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को सहयोगमा ७ दिने “वाककला” तालिम सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को सभाहलमा आयोजित उक्त कार्यक्रममा गिनिज बुक रेकर्ड होल्डर प्रशिक्षक डाक्टर अनन्तराम केसीले प्रशिक्षण दिएका थिए।
मातृ छहारी महिला समुहकि अध्यक्ष इश्वरी तुलाधर श्रेष्ठको अध्यक्षता तथा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा आज उक्त तालिमको समापन समारोह सम्पन्न भएको छ।
उक्त समारोहमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नबराज भट्टराई, जनप्रतिनिधिहरु सहित मातृ छहारी महिला समुहका पदाधिकारी तथा सदस्यहरु एवं सहभागीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन मातृ छहारी महिला समूहकी उपाध्यक्ष प्रतिमा बिष्ट पौडेलले गरेकी थिईन्।
कार्यक्रममा ७ दिने वाककला तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो।